लागुऔषध सहित एक पक्राउ

झापा ।

झापा दमक नगरपालिका १ डाँडागाउ एकता टोलका २६ बर्षीय प्रकाश सिटौला लागुऔषध सहित पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो ।

पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।