आइतबार नेपालमा एक हजार तीन सय ८६ जनामा कोरोना सङ्क्रमण

आइतबार नेपालमा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर नौ हजार दुई सय ५१ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा      जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार सात सय चार जना निको भएका छन् । यस्तै थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ४५ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।