ब्राउनसुगर सहित २ भारतिय नागरिक पक्राउ

झापा ।

झापाको मेचिनगर नगरपालिका १५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।