कुरुम्बाङको अध्यक्षतामा किराँत याक्थुङ चुम्लुङ मोरङको नयाँ कार्यसमिति चयन


किराँत याक्थुङ चुम्लुङ मोरङको आठौ जिल्ला अधिवेसनले डम्बर कुरुम्बाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । बेलबारी ३ स्थित चुम्लुङ धार्मिक वनमा सम्पन्न अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो । चुम्लुङको समितिले आइतबार बेलबारीमा पत्रकार सम्मेलन गरेर नव गठित समितिबारे जानकारी दिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा कुलबहादुर हाङश्रोङ,सचिव बरुण लाबुङ,सहसचिव सन्तोस प्राङ्देन,कोषाध्यक्षमा अरुणा निङलेखु चयन हुनुभएको छ । सदस्यहरुमा ज्योती हाङस्रोङ,मुना चोङबाङ,चन्द्रबहादुर पालुङवा,तिलबहादुर निङलेखु,दिपेन्द्र खजुम,दिलबहादुर थेवे र रामबहादुर खुदाङ चयन हुनभएको सचिव लाबुङले जानकारी दिनुभयो । सोही अधिवेसनले राष्ट्रिय चुम्लुङमा फिपराज बेघा,टेकबहादुर पन्धाक र गणेश पन्धाकलाई निर्वाचित गरेको छ ।

समितिले नयाँ योजनाहरुका साथ जातिय उत्थानका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष कुरुम्बाङले बताउनुभएको छ ।