ब्राउन सुगर सहित एक जना पक्राउ

झापा ।

झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान-२ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।