ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा ।

झापाको बिर्तामोड नगरपालिका-६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन ।

पुर्व तर्फ गईरहेको बा. ०३-००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भएका थिए । उपचारको लागि बि.एन.सि. अस्पताल बिर्तामोड लगिएकोमा बम बहादुर लेप्चाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।