बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर ।

बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् ।

लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.- ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।