द भ्वाइसको टप ९ भित्र झापाका बलबहादुर पनि

विराटचोकः द भ्वाइस अफ नेपालका प्रतिष्पर्धी अब ९ जनामा सीमित भएका छन् । मङ्सिर ६ गतेको एपिसोडबाट टिम राजुबाट अञ्जु रानामगर बाहिरिएकी छिन् । उत्कृष्ट प्रस्तुतिका कारण निरन्तर चर्चामा आइरहेका कोच प्रमोद टिमका बलबहादुर राजवंशी भने समेटिएकै छन् ।

अहिले बलबहादुर राजवंशीलाई जिताउन गृह जिल्ला झापामा भोटिङको प्रचारप्रसार भव्य रूपमा चलिरहेको छ । उनका फ्यानहरूले अन्य ठाउँहरूमा पनि भोटका लागि विभिन्न तरिका अपनाइरहेका छन् । उनलाई भोट अपिल गर्न सामाजिक सञ्जालमा समेत गु्रप बनाएर अभियान चलाइएको छ ।

उनको भोटिङ कोड ३ रहेको छ । अब खुला भोटिङका आधारमा छनोट हुँदै यस वर्षको भ्वाइस अफ नेपालको विजेता छानिने आयोजकले जनाएको छ ।