बिमलको गोलमा नेपालले मौरिससलाई हरायो

नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १० ले पराजित गरेको हो ।

नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।

५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।