चार हजार नौ सय चार जनामा कोरोना संक्रमण

शनिबार नेपालमा चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ६२ जनाको नमूना परीक्षण गर्दा चार हजार नौ सय चार जनामा संक्रमण पुष्टि भएको हो ।

पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार सात सय तीन जना पुगेको छ ।

अहिले नेपालमा ८७ हजार तीन सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।