नेपाल र मरिससको पहिलो मैत्रीपूर्ण खेल आज

नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । त्यस्तै मरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ ।

खेलको अघिल्लो दिन हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मरिसससँगका दुई मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । अर्को खेल मङ्गलवार हुनेछ ।