नाईट्रटभेट २२५ ट्याब्लेट सहित एक पक्राउ

मोरङ बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् ।

शुक्रबार बिहान साढे ९ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।