स्वास्थ्य मापदण्ड अपनाई कोरोनाबाट बच्न खुलालको आग्रह

बेलबारी ।
एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलाले ओमिक्रोन भेरियन्टसहितको कोरोनाको महामारीको तेस्रो लहर बढिरहेको अवस्थामा सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताएका छन । बिहिबार बेलबारीमा भएको मास्क बितरण कार्यक्रममा गुरुकुल पाठशालाका प्रधानाध्यापक समेत रहेका खुलालले तेस्रो लहरबाट बच्न मास्क, सेनिटाइजर, सामाजिक दुरी लगायतका मापदण्ड सबैले पालना गर्नुपर्ने बताएका हुन ।

माहामारी समुदाय स्तरमा फैलिसकेको अवस्थामा बालबच्चा र बृद्धहरुलाई बढि असर पुर्याउने हुनाले सबैलाई स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्न उनले सुझाव दिए । सरकारले विद्यार्थीलाई बितरण गर्ने खोप कार्यक्रममा कुनैपनि विद्यार्थीहरुलाई नछुटाउन उनले आग्रह गरे ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन एन प्याब्सन बेलबारीले सामाजिक सचेतना फैलाउने उद्देश्यले एक दिने निशूल्क रूपमा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सचेतना अन्तरगत उक्त सङ्गठनले लालभित्ती, बेलबारीको पूर्व र पश्चिम बस स्ट्यान्ड, नगरपालिकाको गेट अघि, बेतना सिमसार, लक्ष्मीमार्ग र भाउन्नेमा क्याम्प नै खडा गरेर मास्क वितरण गरेको हो । २००० प्रति निशूल्क रूपमा मास्क वितरण गरिएको खुलालले बताए ।
मास्क वितरण कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, बेलबारी नगरपालिकाका प्रवक्ता एवम् वडा नं –३ का अध्यक्ष योगेन्द्र सुवेदी, बेलबारी जेसिसका पूर्व अध्यक्ष एवम् एन प्याब्सन नगर कमिटी बेलबारीका सदस्य दीपेन्द्र खुलाल लगायतको उपस्थिति रहेको थियो ।