सङ्खुवासभामा भेटियो नक्कली नोट

सङ्खुवासभामा नक्कली नोट फेला परेको छ । मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा रहेको सिद्धार्थ बैंकमा नक्कली नोट फेला परेको हो । 

बिहीवार सिद्धार्थ बैंकको शाखा कार्यालय नुम बजारमा त्यहाँकै एक महिलाले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैयाँको नोट नक्कली फेला परेको सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माले बताउनुभयो । एक हजार रुपैयाँको नोटलाई कलर प्रिन्ट गरिएको र अन्य नोट भन्दा अलि सानो आकार भएकाले सजिलै पत्ता लागेको उहाँले बताउनुभयो । 

नोटको बारेमा अनुसन्धान भइरहेको बैंकले जनाएको छ । 




Leave a Reply

Your email address will not be published.