जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा ।

झापाको दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।  अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।