माओवादीले प्रदेश १ का ८ जिल्लामा तोक्यो संयोजक, ६ जिल्लामा विवाद

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ ।

माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, संखुवासभा, पाँचथर, इलामको संयोजक तोकेको हो ।

खोटाङ संयोजकको जिम्मेवारी दिपक पाण्डेले पाएका छन् । उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईले संयोजकको जिम्मेवारी पाएका छन् ।

बाँकी ६ जिल्लामा केही दिन भित्र संयोजकको टुङ्गो लगाउने माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीले बताए । उनका अनुसार मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, ओखलढुंगामा संयोजक तोक्ने विषयमा सहमति जुटेको छैन ।