प्रदेश १ बाट राष्ट्रियसभामा बस्नेत, राई र शेर्पा निर्वाचित

प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।

गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे । जयन्तीले एमाले उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गर्दा काङ्ग्रेसका बस्नेतले गोलाप्रथामा एमालेका गुरु बराललाई पराजित गरे ।