नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ ।