पानीमा डुबेर १ को मृत्यु

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका १९ घर भई जहदा गाँउपालिका-३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक रिसिदेवको पानीमा डुबेर मृत्यु भएको छ । कटहरी गाँउपालिका-३ मा रहेको नहरको पानीमा डुबेर उनको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।