स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु, ३ घाईते

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा ।

ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ असिनेमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी बोलेरो गाडीलाई किचेको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि का ३० बर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।