तरवार प्रहार गरी श्रीमतिको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का ३२ बर्षीय कालु प्रसाद उराउलाई धारीलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको बिभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटना स्थलमै मृत्यु भएको थियो ।

 घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकहरीबाट प्रहरी टोली खटि कालु प्रसाद उराउलाई नियन्त्रणमा लिएको छ । कालु उराउ मानसिक रोगि भएको बुझिन आएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईहरेको छ ।