लागु औषध सहित ३ जना पक्राउ

झापा ।

झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।