ब्राउन सुगर सहित महिला पक्राउ

पाँचथर ।

पाँचथरको फिदिम नगरपालिका-१ बाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले १ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।