करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, ।

मोरङको रतुवामाई नगरपालिका-९ मा पानी तान्ने ट्युवेलमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन ।
रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।