डा.शर्मामाथि दुब्र्यहार गर्नेलाई कडा कारबाही गर्न मोरङ काँग्रेसको माग

बेलबारी ।
काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथी भएको दुर्ववहार प्रति काँग्रेस जिल्ला कार्य समिति मोरङले बिरोध जनाएको छ । शनिबार बिज्ञप्तिमार्फत मोरङ काँग्रेसले उक्त घटनाको भत्र्सना गरेको हो ।
जिल्ला उपसभापति नागेश कोइरालाद्वारा हस्ताक्ष्रित बिज्ञप्तिमा भनिएको छ “उक्त घटनाको घोर भत्र्सना गर्दै उक्त गैर कानुनी कार्यप्रती नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ र जिम्मेवार निकायले उक्त घटनाको छानबिन गरी संलग्न संपुर्ण व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग गर्दछ । ”
उक्त घटनाको बेलबारी काँग्रेसले पनि बिरोध जनाएको छ । शर्मामाथिको आक्रमण सुनियोजित र भत्र्सनायोग्य भन्दै नेपाली काँग्रेस बेलबारी नगर समितिले शनिबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर दोषीलाई कारबाहीको माग गरेको हो ।
पार्टीका नगरसभापति छत्र लिम्बुले घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरे ।
विज्ञप्तिमा भनिएको छ “कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ ।”
त्यसैगरी क्षेत्र नं ३ को क का सभापति गंगा याखाले पनि प्रेस विज्ञप्ती निकाल्दै सो घटनामा निन्दनिय भएको र संलग्नहरुलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।