मोरङको चिसाङ खोलामा दर्ता नगरी अस्फल्ट प्लान्ट सन्चालनको तयारीमा

मोरङको चिसाङ खोलामा दर्ता नगरी अस्फल्ट प्लान्ट सन्चालनको तयारीमा रहेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिईकन निर्माण सुरु गरिएको प्लान्टले मानवबस्तीमा प्रतिकुल असर पार्ने भन्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन ।

कानेपोखरी ५ स्थित जहदा सिरान चिसाङ खोला किनारमा रहेको मानव बस्तीको बिचमा हाल व्यवसायिक प्रयोजनका निम्त्ति अस्फल्ट प्लान्टको निर्माण कार्य भईरहेको छ ।
उक्त प्लान्ट कुनैपनि सम्बन्धित निकायमा दर्ता समेत भएको छैन । दर्ता नगरी निर्माण भइरहेको उक्त प्लान्ट गैरकानुनी भएको स्थानीय सामाजिक अभियान्ता सन्तोष गुरुङले बताएका छन ।
बि एण्ड बि कन्ट्रक्सन प्रा.लि.ले सञ्चालन गर्न लागेको सो प्लान्टबाट निस्कने विकारयुक्त धुँवा र रासायनिक ग्यासले वातावरण प्रदुषण हुनुका साथै यसले जीवजन्तु र मानव स्थास्थ्यमा नकारात्मक असर पुर्याउने स्थानीय बताउँछन् । यसले बालबालिका तथा ज्येष्ठ नागरिकहरु बढी प्रभावित हुने स्थानीयको बिश्लेषण छ ।

बि एण्ड बि को उक्त प्लान्टका कारण वायु प्रदुषण बढ्ने भएकाले उक्त योजना बिनाशर्त अन्यत्रै स्थानान्तरण गरेर सञ्चालन गर्नुपर्ने गुरुङले बताए । उनले माग सहित स्थानीयले जारी गरेको ध्यानाकर्षण पत्रमा समेत सो बारे उल्लेख गरिएको जानकारी दिए ।
प्लान्टको निमार्ण कार्य रोक्न माग गर्दै स्थानीयले सामुहिक हस्ताक्षर सहित प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, घरेलु तथा साना उद्योग कार्यालय मोरङ र संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । स्थानीयको मागप्रति सरकारकोे ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।
यता अस्फल्ट प्लान्टका सञ्चालक भोजकुमार श्रेष्ठ भने आफु स्वयंम पनि स्थानीय बासिन्दा नै भएकाले प्लान्टबाट निस्कने हानिकारक वायुको विषयमा चिन्तित रहेको बताउँदै उनले प्लान्टले मानव स्वास्थ्यमा प्रतिकुल असर परेको देखिए उक्त योजनालाई तत्कालै विस्थापित गर्ने आश्वासन दिएका छन् । उक्त प्लान्ट भने अस्थाई रुपमा सञ्चालन गर्ने उद्धेश्यले निमार्ण गरिएको उनको भनाई छ ।
निमार्ण पश्चात प्लान्टबाट निस्कने विकारयुक्त धुवाँले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने निश्चित छ । सोही बिषयलाई दृष्टिगत गर्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग हुन् ।
हाल निर्माणाधिन अवस्थामा रहेको सो प्लान्ट भने अबको केही महिनामै सञ्चालनमा आउने बताईएको छ ।




Leave a Reply

Your email address will not be published.