डा.सुनिल शर्मामाथि भएको आक्रमण दुःखद : बेलबारी काँग्रेस

काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथी भएको दुर्ववहार दुःखद भएको बेलबारी काङ्ग्रेसले जनाएको छ । शर्मामाथिको आक्रमण सुनियोजित र भत्र्सनायोग्य भन्दै नेपाली काँग्रेस बेलबारी नगर समितिले शनिबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर दोषीलाई कारबाहीको माग गरेको हो ।
पार्टीका नगरसभापति छत्र लिम्बुले घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरे ।
विज्ञप्तिमा भनिएको छ “कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ ।”