बेलबारी जेसिजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बेलबारी ।
बेलबारी जेसिजको छैटौ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवन बेलबारी १ मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष राजेन्द्र अधिकारीले बर्ष २०२२ का अध्यक्ष नवराज सुवेदीलाई अध्यक्षको चेन प्रदान गर्दै पद हस्तान्तरण गरेका थिए । बर्ष २०२१ का अन्य सन्चालक समिति सदस्यहरुले पनि बर्ष २०२२ का सदस्यहरुलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा केहि व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रेडियो वेतनाका अध्यक्ष भोजराज बस्नेत, २७ दिन लगाएर साइकलमा नेपालयात्रा सम्पन्न गरेका बेलबारीका लक्ष्मण कोइराला, बेलबारी सृजना घरका सन्चालक बिकास बुढाथोकी, बेलबारी ६ का गायक तथा संगितकार बिनोद कुमार राई, देउका अधिकारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सरोज सुवेदी, सोनाम धिमाल, विपिन निरौला, पुस्कर सुवेदी, बिजय तोलाङ्गी, प्रदिप कुमार देव, बिकि मगरलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, बेलबारी जेसिज संस्थापन अध्यक्ष माधवराज थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।