ए डिभिजन लिग एपीएफले हिमालयन शेर्पालाई हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पालाई १–० गोलले हराएको हो ।

एपीएफका आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै एपीएफले ९ खेलमा १० अङ्क जोडेको छ । एपीएफ अङ्कतालिकाको आठौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पाको ११ अङ्क छ । हिमालयन शेर्पा छैटौ स्थानमा छ ।