सोलु जिल्ला अस्पतालमा डाक्टर नहुनुको कारण स्वास्थ्यकर्मीको समायोजन

सोलुखुम्बुः सरकारले गरेको कर्मचारी समायोजनको निर्णयपछि समायोजन हुने क्रममा सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा चिकित्सकको अभाव भएको छ ।

कुनै समय ११ औँ तहका चिकित्सकसहित ३५ जनाको दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि नवौँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ । प्रदेश सरकारले समेत नवौँ तहका सहित दुई चिकित्सक चाँडै पठाउने जनाएको छ । माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दीको हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्योल छ ।

यसरी कर्मचारी समायोजनसँगै आधा चिकित्सकको त कटौती भयो नै तिनै आधा चिकित्सक पनि अस्पतालमा नहुँदा जिल्लावासी सास्ती खेप्न बाध्य भएका छन् ।