एशियाली आईटीएफ तेक्वान्दो महासङ्घको सदस्यमा अञ्जन धमला

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एशियाली आईटीएफ तेक्वान्दो महासङ्घको सदस्य छानिएका छन् ।

चीनको बेइजिङमा भएको साधारणसभाबाट उनी सदस्य चुनिएका हुन् । ४५ राष्ट्रको सहभागिता रहेको सो साधारण सभा पर्सि २५ तारिकमा सकिँदैछ । धमला यसअघि दक्षिण एशियाली आईटीएफ तेक्वान्दो महासङ्घका उपाध्यक्ष थिए ।