काठमाडौंको बिजयचौकमाकेएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, २६ पुस । काठमाडौं महानगरपालिका–९ स्थित बिजयचौकमासोमबारनिःशुल्क स्वास्थ्यशिविर संचालनगरिएको छ ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिलाबालबालिकाउत्थानतथावातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्यशिविर संचालनगरिएको हो ।
बिजयचौकस्थितसेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा८५३जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।शिविरमा १९८जनाको भिडियो एक्सरे, १९७जनाको रक्त परीक्षण, र ८७जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।त्यस्तै ३१जनाको दाँतनिकालिएको छ ।
शिविरमा केएमसीकाविशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमाउपचार सम्भव नभएका४२ जना बिरामीलाई अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
आइतवार ललितपुरको टिकाथलीमा केएमसीले निःशुल्क स्वास्थ्यशिविर संचालन गरेर ९२१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।