ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्यशिविर

ललितपुर । ललितपुरको महालक्ष्मीनगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्यशिविर संचालनभएको छ ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदयविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मीनगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्यशिविर संचालनगरिएको हो ।
शिविरमा९२१जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७जनाको भिडियो एक्सरे, र ९७जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।त्यस्तै ३३ जनाको दाँतनिकालिएको छ ।
७नंम्बर वडा कार्यालय भवनमाभएको शिविरमा केएमसीकाविशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमाउपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।