भिरबाट लडेर मृत्यु

पाँचथर ।

पाँचथरको फालेलुङ गाऊपालिका ७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।

आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।