लागूऔषध सहित एक जना पक्राउ

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका ७ का २० बर्षीय संग्राम राई रहेका छन् ।

लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।