प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

सुनसरी ।

सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरिचौक स्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल -५८९० ट्याव्लेट र इस्पास्पेन- ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला पारेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।