२४ घण्टामा नौ सय ४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ६४ जनाको नमूना परीक्षण गर्दा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ९७ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १४ हजार ६ जना पुगेको छ । अहिले नेपालमा ६ हजार एक सय ४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।