बेलबारीमा घरको पर्खालले किचेर एकको मृत्यु

मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवास रहेका छन् ।

घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।