मनाङले च्यासललाई ५–० ले हरायो

मनाङले च्यासल युथ क्लबलाई ५–० ले हराउँदै कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग उपाधिको दाबेदारीलाई यथावत राखेको छ ।

शनिबार मनाङलाई जित दिलाउन ओलावाले ओलाडिपे अफिजले ह्याट्रिक गरेका थिए । आडेलाजा सोमिडे र दीनेश राजवंशीले समान १ गोल गोल गरेका थिए ।

८ खेलमा मनाङले ६ जित, १ बराबर र १ हारका साथ १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको मछिन्द्रको २० अंक पुगेको छ । पाँचौं हार बेहोरेको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलको ५ अंक छ ।