जयदेव कुल बुद्ध रन्धता प्रतिष्ठानद्वारा बेलबारीका ४ जनालाई पुरस्कार

बेलबारी । जयदेव कुल बुद्ध रन्धता प्रतिष्ठान काठमाण्डौले संरक्षक कुलप्रसाद सुवेदीको ८८ औँ जन्म जयन्तीको अवसरमा ४ जनालाई पुरस्कृत गरेको छ । शुक्रबार मोरङको बेलबारी नगरपालिका १ मा रहेको जनता एकता आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण गरेको हो ।

जनता एकता आधारभुत विद्यालय कक्षा १ मा अध्ययनरत अपाङ्गता भएका विद्यार्थी मनिल राई, उत्कृष्ट अंक ल्याउने कक्षा ५ मा अध्ययनरत विद्यार्थी मनिसा धिमाल, उत्कृष्ट शिक्षक शिवराज न्यौपाने र सामाजिक व्यक्तित्व विष्णु बहादुर धिमाललाई जनही २ हजार ५ सय र प्रमाणपत्रले सम्मान गरेको प्रतिष्ठानका महासचिव महेन्द्र सुवेदीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष देव प्रसाद सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा बेलबारी नगरपालिका वडा १ अध्यक्ष चक्र बहादुर खुलाल रहेका थिए । कायक्रममा बुद्धमाया सुवेदी, मोहन खतिवडा, दिनेश गिरी, कुल प्रसाद बराल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष पशुपति सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जनता एकता आधारभुत विद्यालयका प्रधानाध्यापक मोहन खतिवडाले सुभकामना मन्तव्य राखेका थिए ।