ए डिभिजन लिग : संकटा र सातदोबाटोको बराबरी

संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको नतिजा नै खेलको अन्तिम नतिजा बन्यो । सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । सातदोबाटो ८ खेलबाट ९ अंक जोडर आठौं स्थानमा यथावत रहेको छ ।