रतुवामाईका लावनहाङ खैरो हिरोईन सहित पक्राउ

झापा ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्कबाट लागुऔध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-५ का २६ बर्षीय लावनहाङ राई रहेका छन ।

आइतबार बेलुकी ४ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले काँकरभिट्टा बसपार्कमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखेको ४४ ग्राम खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद भएको हो ।

नियन्त्रित लागुऔषध सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ साथै निजलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.