ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु

धनकुटा, ।

धनकुटाको चौबिसे गाउँपालिका-८ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको चक्काले किच्दा सह- चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा धनकुटा चौबिसे गाउँपालिका-८ देउरालीका २० बर्षीय सुजन सोदेन लिम्वु रहेका छन ।

राती साढे ७ बजे काठको गोलिया लिन जाँदै गरेको को.१त ४७११ नम्वरको ट्रयाक्टरबाट सह-चालक लिम्वु अचानक लड्दा चक्काले किच्दा घाईते भएका थिए । उपचारको लागि धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रयाक्टर चालक भोजपुरका २४ बर्षीय बिजय राई तत्काल फरार रहेकोले खोजतलास तथा घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।