गाँजा सहित २ जना पक्राउ

सुनसरी ।

सुनसरीको इटहरी उप-महानगरपालिका-२० बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन ।

राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा संका लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।