झापा गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुने

झापा गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुने भएको छ । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आउँदो फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको हो ।

मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।