२४ घण्टामा दुई सय १६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९६ पुगेको मन्त्रालयले जनाएकाे छ ।