तीनओटा प्रस्तावहरु पारित गर्दै मोरङ काँग्रेसको बैठक सम्पन्न

बिराटनगर ।
नेपाली काँग्रेसको चौधौँ मोरङ जिल्ला अधिवेशनपछि आइतबार बसेको पहिलो जिल्ला कार्यसमितिको बैठकले तीनओटा प्रस्तावहरु पारित गरेको छ । बिराटनगरस्थित जिल्ला पाटि कार्यलयमा बसेको बैठकले पाटिलाई गतिशिल बनाउनका लागि १ बर्षभित्रको कार्यक्रमको खाका ल्याउनका निम्ति जिल्ला उपाध्यक्ष भक्ति माझीको संयोजकत्वमा ५ सदसिय समिति गठन गरेको छ ।

जसको सदस्यमा जिल्ला सचिव मोदराज घिमिरे, सदस्यहरु बिरेन्द्र शाह, अन्जना अधिकारी र कमला रिजाल रहेका छन । सो समितिले १५ दिन भित्रमा खाका तयार गरि जिल्ला कार्य समितिमा पेश गर्ने जनाइएको छ ।
१४ औ जिल्ला अधिवेशनमा निर्वाचित सदस्यहरुलाई पौष २८ गते एक कार्यक्रमको आयोजना गरि जिल्ला पाटि कार्यलयमा प्रमाणपत्र प्रदान तथा पदभार ग्रहण गर्ने र प्रत्तेक महिनाको ३० गते जिल्ला कार्यसमितिको बैठक बस्ने निर्णय गरेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिएका छन ।
बिधानमा व्यबस्था भएअनुसार जिल्ला सभापतिमा सबैभन्दा बढि ल्याएर पराजित हुने दिलिप गछदारलाई जिल्ला सदस्य भएको जिल्ला सभापति डिक बहादुर लिम्बुले बैठकमा जानकारी गराएका थिए ।