मपदण्डविपरीत सञ्चालित क्रसरलाई नियमानुसार कारवाही गर्ने सुन्दहरैंचा नगरपालिकाको तयारी

विराटचोकः हिजो सुन्दरहरैंचा नगरपालिकाले नगरको वडा नम्बर ६ र ७ मा सञ्चालित क्रसर उद्योगको अनुगमन गर्याे । त्यस क्रममा ३ ओटा उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो । ती उद्योगलाई के गर्ने भन्ने विषयमा आज नगरपालिकामा भएको छलफलमा मापदण्डविपरीत चलेका क्रसर उद्योगलाई नियमानुसार कारवाही गर्ने निर्णय भएको छलफलमा सहभागी एक जनाले नाम उल्लेख नगर्ने शर्तमा निष्पक्ष खबरलाई बताए ।

‘क्रसर उद्योगले अवैध रुपमा खोलाजन्य पदार्थको उत्खनन गरेको उजुरी आएको थियो,’ ती सदस्यले भने, ‘हामीले हिजो अनुगमन गर्याैँ । आज भएको बैठकले मापदण्डविपरीत क्रसर सञ्चालन भएको पाइए नियमानुसार कारवाही गर्ने निर्णय गरेको छ ।’

छलफलमा नेपाल प्रहरी, सशास्त्र प्रहरी, अनुसन्धान प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा नगरपालिकाको उच्चस्तरीय खोला अनुगमन समितिबीच छलफल भएको थियो ।

छलफलमा जिल्ला समन्वय समितिका प्रतिनिधि भने सहभागी नभएको बताइएको छ ।