सप्तरीको विष्णुपुर गाउँपालिकाका वडा सदस्यलाई साइकल

सप्तरीः सप्तरीको विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ जनै वडा सदस्यलाई साइकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवका अनुसार जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको हो ।

तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको हुनाले साइकल वितरण गरिएको उनले बताए ।