नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था

सोलुखुम्बुः ३ हप्ता अघिदेखि चिकित्सकविहीन भएको जिल्ला अस्पताल फाप्लुमा नगरपालिकाको पहलमा चिकित्सकको व्यवस्था गरिएको छ ।

सोलु दूधकुण्ड नगरपालिकाले ६ महिनाका लागि डा. स्मृति गौतमलाई अस्पतालमा खटाएको हो । पहिले बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेड भर्ना हुने बिरामी सङ्ख्या शून्य छ भने ओपिडी सेवा लिनेको सङ्ख्यासमेत ५० प्रतिशतले घटेको सेवाग्राही बताउँछन् ।

पहिले सो अस्पतालमा ५ जना चिकित्सकले सेवा दिने गरेका थिए ।